Rule 16
अन्तर्वार्ता समितिको गठन
: (१) नियम १५ बमोजिम छनौट भएका उम्मेदवारको अन्तर्वार्ता लिनको निमित्त आयोगले एक जना अध्यक्ष र दक्ष वा विशेषज्ञको सूचीमा रहेका सम्बन्धित विषयका दक्ष वा विशेषज्ञ समेत कम्तीमा तीन जना सदस्य रहेको अन्तर्वार्ता समिति गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अन्तर्वार्ता समितिको कार्यविधि आयोगले तोके बमोजिम हुनेछ ।